पोखरा स्पोर्टस अवार्डलाई सहाराको साथ

पोखरा स्पोर्टस अवार्डमा सहाराले पुरस्कार प्रायोजन

पाेखरा | चैत ३, २०७९

पोखरा स्पोर्टस अवार्डलाई सहाराको साथ

 पोखरा:  सहारा क्लब पोखराले सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सघाउने भएको छ । 

 

शुक्रबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 

सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान वर्ष खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ । सो हस्ताक्षर कार्यक्रममा सहारा क्लव पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिती रहेको थियो । 

 

सहारा क्लवले यसअगाडीका संस्करणमा पनि सोही विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो । 

 

आगामी बैशाख २३ गते शनिबार  पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७९ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका सचिव शशी कुमार पौडेलले बताए । 

 

मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाटपनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको भनाई छ । 


 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्